बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेश निर्वाचन कार्यालय धनगढीले बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख मियाँलाई प्रदेशसभा उपनिर्वाचन २०८१ को परिणामसहितको प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिवेदनमा वैशाख १५ गते बझाङमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका र उम्मेदवार रहेका सबैको मत परिणाम उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव सविर अलि लगायतको उपस्थितिमा प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस