नेपाल प्रहरीद्वारा विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई शुभकामना « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल प्रहरीद्वारा विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई शुभकामना


२१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ ।

विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार शुभकामना तथा बिदाइ गरिएको हो ।

पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन् ।

उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो ।

विश्वकपमा सहभागी हुन नेपाली टोली शुक्रवार बेलुका त्यसतर्फ प्रस्थान गर्दैछ । शुभकामना तथा बिदाइ कार्यक्रममा करण केसी र सागर ढकाल उपस्थित थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस