समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा गौतम नियुक्त « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा गौतम नियुक्त


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

२२ चैतमा समितिका तत्कालीन अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएसँगै रिक्त भएको समितिको अध्यक्षमा गौतम नियुक्त भएका हुन् ।

सोही मितिबाट समितिका दुई जना पदाधिकारी केशवराज आचार्य र डीबी बस्नेतको समेत कार्यकाल सकिएको थियो । २ वर्षको कार्यकाल पुरा गरी दाहाल बाहिरिएपछि रिक्त रहेको अध्यक्षमा नयाँ अध्यक्ष आए पनि रिक्त २ पदाधिकारी भने नियुक्त हुन बाँकी छ ।

सहकारी ऐन २०७४ मा समस्याग्रस्त सहकारीको सम्पत्ति खोजबिन तथा दायित्व फरफारकका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था गरिएको छ । ऐनको व्यवस्थाअनुसार संघीय सरकारले २९ पुस २०७४ मा ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस