आधा दर्जन सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आधा दर्जन सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले आधा दर्जन जति सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले बिहीवार गृहका तीन उपसचिवसहित मकवानपुर, रौतहट, सिराहा र मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको हो । 

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार गृह मन्त्रालयका तीन उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पदस्थापन गरिएको छ । जसमा मन्त्रालयका उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुर, भिमराज कोइरालालाई सिराहा र जितेन्द्र कुमार यादवलाई सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । 

यसैगरी मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँलाई इलाका प्रशासन कार्यालय झापा, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरेलाई पर्सा सरुवा गरिएको छ भने सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई रौतहट पठाएर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिम्सिनालाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी बनाई खटाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस