अब पहुँचको भरमा माफी मिनाहा हुँदैन गृहमन्त्री लामिछाने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अब पहुँचको भरमा माफी मिनाहा हुँदैन गृहमन्त्री लामिछाने


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने जनाएका छन् ।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरेका हुन् ।

गृह मन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए ।

उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए ।

कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस