निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

१५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस