राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान भएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० को दफा ६ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा प्रतिष्ठानको कार्यकारी निर्देशक पदको पदपूर्ति गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दरखास्त आव्हान गरेको हो ।

न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले मङ्गलवारदेखि आगामी १५ दिन भित्र मन्त्रालयस्थित पदपूर्ति सिफारिस उपसमितिको सचिवालयमा सीप विकास तथा तालिम शाखामा तोकिएको ढाँचामा आवेदन दिन सकिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस