२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैज्ञानिकहरूले पत्ता लगाए प्लास्टिक खाने ब्याक्टेरिया

अ+ अ-

काठमाडौँ । वैज्ञानिकहरूले आफैँ नष्ट हुने प्लास्टिकको विकास गरेका छन् । यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने वैज्ञानिकको भनाइ छ ।

पोलीयुरेथेन अर्थात् प्लास्टिकको सर्वत्र प्रयोग हुने गरेको छ । यसको पुनःचक्रण गर्न कठिन हुने हुँदा ल्याण्डफिलमै विसर्जन हुन्छ। तर, वैज्ञानिकहरूले यसको वैज्ञानिक समाधान निकालेका छन् ।

वैज्ञानिकहरूले प्लास्टिक खाने ब्याक्टेरियाका कणहरू सामेल गरेर यस्तो प्लास्टिकको विकास गरेका छन् जो आफैँ नष्ट हुन्छ।

ब्याक्टेरियाका ती जीवाणु कणहरू प्लास्टिक उपयोग गरिरहँदासम्म निष्क्रिय रहन्छन् । तर, जब प्रयोग सकिएर उक्त प्लास्टिकलाई विसर्जन गरिन्छ तब पुनर्जिवित हुँदै प्लास्टिकलाई नै खान थाल्दछन् ।

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ता हान सोल किम भन्छन्, ‘यसबाट हामीले प्रकृतिको प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न सकिन्छ भन्ने आशा पलाएको छ।’

साथै यसको अर्को फाइदा पनि छ कि प्लास्टिक खाने ब्याक्टेरियाको जीवाणु कणहरूले प्लास्टिकको कडापनलाई बढाइदिन्छ।

अर्का शोधकर्ता जोन पोकोस्र्की भन्छन्,‘हाम्रो प्रक्रियाले सामानलाई बढी कडा बनाइदिन्छ, जसका कारण यसको उपयोगी जीवनकालमा बढोत्तरी हुन्छ । र, जब यसको काम सकिन्छ तब हामीले यसलाई वातावरणबाट निर्मूल पार्न सक्छौँ, चाहे यसलाई जसरी विसर्जन गरियोस् ।’

आफैँ नष्ट हुने यस्तो ब्याक्टेरियायुक्त प्लास्टिक हाल प्रयोगशालामा मात्रै उत्पादन गरिएको भए पनि यसलाई निकट भविष्यमै व्यावसायिक उत्पादन गरेर बजारमा पठाउन सकिने सम्भावना रहेको शोधकर्ताहरू बताउँछन् ।

प्लास्टिक नष्ट गर्नका लागि प्रयोग गरिएको ब्याक्टेरिया ब्यासिलस सब्टिलिस हो, जुन आम रूपमा खाद्य योजक तथा प्रोबायोटिकको रूपमा प्रयोग हुन्छ ।

उक्त ब्याक्टेरियालाई प्लास्टिक उत्पादनको क्रममा प्रयोग गरिने उच्च तापक्रम सहन सक्नेगरी जेनेटिक इन्जिनियरिङ गरिएको हुन्छ ।

शोधकर्ताहरूले प्लास्टिक खाने ब्याक्टेरियामार्फत आफैँ सड्ने प्लास्टिकको विकास गरे पनि कतिपयले भने यो उत्तम विकल्प नभएको र सबैभन्दा राम्रो विकल्प चाहिँ प्लास्टिकको प्रयोग नै कम गर्नु रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस