नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ


१९ बैशाख २०८१, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ ।

चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।

सम्बन्धित समाचार : नबिल बैंकबाट १ करोड चोरी

Tags :
प्रतिक्रिया दिनुहोस