मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता


१९ बैशाख २०८१, बुधबार


बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशको आवश्यकता र श्रम बजारअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्ने वैदेशिक रोजगारीलाई सीपयुक्त र थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई सम्मानपूर्ण रोजगारीको अवस्था सृजना गर्नुपर्ने महसुस गरेको र यसलाई प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नेपाली श्रमजीवी समुदायमा सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगामा पुर्‍याउने जिम्मेवारी पूरा गर्न अनवरत रूपमा लागिरहने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस