अख्तियारले भन्यो-भ्रामक सामग्री सम्प्रेषण गर्ने सिधा कुरालाई कारबाही गर  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अख्तियारले भन्यो-भ्रामक सामग्री सम्प्रेषण गर्ने सिधा कुरालाई कारबाही गर 


१७ बैशाख २०८१, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक सामग्री प्रसारण/प्रकाशन गर्ने सिधाकुरा डट कम अनलाइनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गरेको छ । 

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सिधाकुरा डट कमले प्रकाशन प्रसारण गरेको भ्रष्टाचारका चार सय मुद्दा ढिसमिस गर्न सर्वोच्च अदालतका न्यायाधीश सहित डिल शीर्षकको सामग्री प्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगलाई यस्ता विषयमा जोडेकोमा आपत्ति जनाएको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन टोलीको एक सदस्यको बयान फेर्न भन्ने एवं सो सामग्रीका विभिन्न भागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम उल्लेख भएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ, ‘आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लगायत प्रचलित अन्य कानून बमोजिम अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा संलग्न व्यक्ति उपर कानून बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्दै आएको उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस