२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् ।

आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए ।

उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’

लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानून परिमार्जन गरेको उनले उल्लेख गरे ।

उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान गरे ।

नेपालका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रूपमा विस्तार भएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

विदेशी भाषा बोल्ने युवाको संख्या उल्लेख रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा मन पर्ने स्थानीय दक्ष श्रम शक्ति खोज्न समेत मद्दत पुग्ने उनले बताए ।

नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना-प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार र उच्च मूल्यका बाली उत्पादन लगायत विभिन्न अवसर उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि अहिले ३२ सय मेगावाट मात्रै उत्पादन भएको भन्दै उनले ५ हजार ५६८ मेगावाटका ठूला परियोजना सार्वजनिक–निजी–साझेदारीमा निर्माणको चरणमा रहेको बताए । यसले नेपालको जलविद्युत् क्षेत्रमा प्रचुर अवसर रहेको देखाउने उनको भनाइ छ ।

नेपालमा वैदेशिक लगानी गरेका कम्पनी नाफामुखी देखिएको भन्दै उनले ती कम्पनीले लाभांश फिर्ता लगेको अवस्थाले समेत नेपालमा लाभदायक लगानीको वातावरण भएको बताए ।

लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाले देश र सम्भावित लगानीकर्ता दुवै पक्षलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेमा आफू आशावादी रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस