आधा दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा तथा पदस्थापन  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आधा दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा तथा पदस्थापन 


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले आधा दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिका, काठमाडौँ, मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, गोदावरी नगरपालिका, ललितपुर, मुसिकोट नगरपालिका, गुल्मी, तारकेश्वर नगरपालिका, काठमाडौँ र पुनर्वास नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय महिला आयोगका उपसचिव भूपेन्द्र पाण्डेयलाई बुढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउँदै त्यहाँका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललाई राष्ट्रिय महिला आयोगमा पुर्‍याएको छ । 

यसैगरी मण्डन देउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काको गोदावरी नगरपालिका, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मीको उपसचिवका रूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

मन्त्रालयले मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरको तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिवका रूपमा सरुवा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव याम नारायण गौलीको गोकर्णेश्वर नगरपालिका काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएको छ ।

पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा भएको छ । उनलाई पाटन नगरपालिकाको थप जिम्मेवारी समेत दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस