अर्थ सचिव मरासिनीद्वारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अर्थ सचिव मरासिनीद्वारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण गरेका छन् । 

सर्वोच्च अदालतमा बिहीवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह-रजिस्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला,  राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस