कतारका अमिर र प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कतारका अमिर र प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुँदै


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने भ्रमणमा मंगलबार नेपाल आइपुगेका थानीले आज प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लागेका हुन् ।

 वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । थानी आजै स्वदेश फर्कने छन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । राष्ट्रपति पौडेल र थानीबीच हिजै भेटवार्ता भएको छ ।

भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले अमिर थानीको सम्मानमा मंगलबार साँझ रात्रि भोजको आयोजना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस