राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी हुन् । आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घिमिरेले बताइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरू र राष्ट्रियसभा नियमावलीद्वारा निर्देशित कामहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने उनको प्रतिबद्धता छ ।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभा सदस्य पदमा नेकपा ९एमाले० को तर्फबाट निर्वाचित भएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस