२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलमा मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित 

अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो ।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो । 

आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरेपनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जित नजिक पुगेको पञ्जावले पराजय भोग्यो । 

७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पञ्जावका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए । 

बलिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो । 

यसका लागि सूर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए । 

बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम करनले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।

जीतसँगै मुम्बई ६ अंक बनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाव नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस