काठमाडौँ । सरकारले सहसचिव केदारनाथ शर्मालाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस