काठमाडौँ । कैलालीको गुप्तपानी वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्यलाई सजाय सुनाइएको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आचार्यलाई आइतबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २५ लाख २४ हजार ३४६ जरिवाना हुने फैसला सुनाएको हो ।
आचार्यलाई जरिवानासहित पाँच वर्ष कैद सजाय पनि हुने भएको अदालतका प्रवक्ता धा बहादुर कार्कीले बताए ।
सामुदायिक वनको आम्दानी व्यक्तिगत रूपमा खर्च गरेर नक्कली बिल पेस गरेको कसुरमा आचार्यलाई विशेष अदालतले गएको चैत २४ गते दोषी ठहर गरेको थियो ।