सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार गरी पाँच जनाको हत्या « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार गरी पाँच जनाको हत्या


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ।

चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा नौ जनासँग इन्गेजमेन्ट गरेपछि आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ ।

‘त्यहाँ पाँच जना पीडित छन् जो यस अपराधिक कार्यको परिणामस्वरूप मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक आयुक्त एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस