गृहमन्त्री लामिछानेले चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीहरूलाई मिठाइ बाँडेर मनाए नयाँ वर्ष « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहमन्त्री लामिछानेले चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीहरूलाई मिठाइ बाँडेर मनाए नयाँ वर्ष


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सवारी चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीहरूलाई मिठाइ बाँडेर नयाँ वर्ष मनाएका छन्।

शनिबार बिहान प्रहरी महानिरीक्षक(आइजिपी) वसन्त बहादुर कुँवरसहितलाई लिएर थापाथली चोकमा पुगेका गृहमन्त्री लामिछानेले त्यहाँस्थित सवारी चालक, यात्रु, पैदल यात्रीका साथै ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँड्दै नयाँ वर्षको शुभकामना दिएका हुन्।

नयाँ उत्साहका साथ नयाँ वर्ष सुरुआत होस् भन्नका लागि आफू सडकमा उपस्थित भएको बताएका लामिछानेले यात्रुहरूलाई सुरक्षित यात्राको कामना गर्दै ड्युटीमा रहेका प्रहरीहरूलाई नागरिकसँग सभ्य व्यवहार गर्न अनुरोध पनि गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस