काठमाडौँ । गृह मन्त्री रवि लामिछानेले आन्दोलनका आयोजकबाट क्षतिको सबै भरपाई गराउने निर्णय गरेका छन् ।
आज मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले विभिन्न मुद्दा र मागलाई लिएर हुने आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड एवं सुरक्षाकर्मीमाथि आक्रमणविरुद्ध कडा नीति लिने भएका हुन् ।
अब आन्दोलनकारी शक्तिले प्रदर्शनका क्रममा भएका भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने र सुरक्षाकर्मीहरू घाइते भएको अवस्थामा उनीहरूको उपचार पनि गराउनुपर्ने निर्णय गरिएको हो ।
