१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

अ+ अ-

काठमाडौँ । आर्थिक लाभ लिई नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नं १ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ११ हिलेटोल बस्ने वर्ष २६ की मुनु गुरुङ रहेको मानव बेचबिखन अनुसन्धान व्युरोले जनाएको छ ।

व्युुरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार हिलेटोलस्थित पश्चिम युना खाजाघर सञ्चालन गरी नाबालिकाहरु ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले दुई जना नाबालिकासहित सात जना युवतीहरुको उद्धार गरेको थियो ।

गुरुङले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका नाबालिकाहरुलाई खाजा घरमा वेट्रेसको रूपमा काम लगाइदिने भनी बोलाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता फुयालले बताए । गुरुङले सुरुमा बालिकाहरूलाई वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी आफूले सञ्चालन गर्ने पश्चिम युना खाजा घरमा राखी वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ ।

नाबालिकाहरुलाई धम्की दिई ग्राहकहरूसँग रकम लिई शारीरिक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवती तथा नाबालिकाहरूलाई दिई आर्थिक लाभ लिने गरेको प्रहरीले जनाएको छ । नाबालिकाहरुलाई ग्राहकहरूले बोलाएको अन्य गेस्ट हाउस तथा होटेलहरुमा समेत जान बाध्य पारी वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । खाजा घरका कोठाहरु खानतलासी गर्दा परिवार नियोजनका अस्थायी साधन (कन्डम) समेत बरामद भएको प्रहरीले जनाएको छ ।

मंगलबार पक्राउ परेकी गुरुङलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस