२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लन्डन म्याराथनमा भाग लिन गोपीचन्द्र पार्की शुक्रवार लन्डन जाने

अ+ अ-

काठमाडौँ । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रवार त्यसतर्फ जाने भएका छन् । वैशाख ९ गते आयोजना हुने लन्डन म्याराथनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

विश्वमा शीर्षस्थानका ६ म्याराथन मध्येको एक लन्डन म्याराथनमा भाग लिन पहिलो पटक जान लागेका गोपीलाई बिदाइ गर्ने र शुभकामना दिने कार्यक्रम भएको छ । गोपीको बिदाइमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी)मा बिदाइ कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगड, लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक प्रा.लि.का कार्यकारी अध्यक्ष राजन महर्जन लगायतले गोपीलाई बिदाइ गरे । कार्यक्रममा केएल दुगडका प्रबन्ध निर्देशक दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरे ।

एनओसी अध्यक्ष श्रेष्ठले गोपीलाई सफलताको शुभकामना दिए । सो अवसरमा लि निङले गोपीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट प्रदान गरे भने गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठलाई पनि टिसर्ट प्रदान गरे ।

कार्यक्रममा गोपीले आफ्नो लक्ष्य भविष्यमा ओलम्पिक खेल्ने रहेको दोहोराएका छन् । उनले लन्डन ओलम्पिकका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए ।

नवौँ धारा नेपालगन्ज म्याराथनका विजेताका बनेर गोपी लन्डन ओलम्पिकका लागि छनोट भएका हुन् । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लन्डन ओलम्पिकको यात्रा पक्का गरेको हो । यसअघि उनले बर्लिन म्याराथनमा भाग लिइसकेका छन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी लगायतले पनि उनलाई बिदाइ गर्दै शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस