२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

अ+ अ-

काठमाडौँ । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढेको पनि बताएको छ ।

 ‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ । जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीका कारण भएको थियो । प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणका कारण विश्वभर दैनिक ३ हजार ५ सय जनाको मृत्यु भइरहेका छन् ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससल प्रतिवेदनले विचलित पार्ने चित्र चित्रित गरेको बताएका छन् । हेपाटाइटिस संक्रमण रोक्न विश्वव्यापी रूपमा प्रगति भएको छ, तर मृत्युको संख्या अझै बढिरहेको छ ।

पछिल्लो प्रतिवेदनले सन् २०३० सम्म हेपाटाइटिस उन्मूलन लक्ष्यमा पुग्नका लागि धेरै काम गर्नु पर्नेमा पनि जोड दिएको छ ।

हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । 

यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । प्रत्येक वर्ष करिब १३ लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस