एमालेले भन्यो-आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिन गृह मन्त्रीलाई काँग्रेसले रोक्न मिल्दैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले भन्यो-आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिन गृह मन्त्रीलाई काँग्रेसले रोक्न मिल्दैन


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) ले का प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएका छन् । उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बर्तौलाले बताए । 

काँग्रेसले मङ्गलवार लामिछानेमाथि लागेको आरोप छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो । एमाले प्रमुख सचेतक बर्तौलाले संघीय संसद् भवनमा आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि काँग्रेस तयार हुनुपर्ने बताए ।

अरूको कुरा नसुन्ने काँग्रेसको अडान लोकतान्त्रिक दल भनिएको काँग्रेसलाई नसुहाउने जिकिर बर्तौलाको थियो । एमाले प्रमुख सचेतक बर्तौलाले काँग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्त्वपूर्ण कानुन निर्माण गर्नुपर्ने संसद् अवरुद्ध गरेर गल्ती गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस