शुक्रबार विश्वासको मत लिने लुम्बिनीका मुख्यमन्त्री महराको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शुक्रबार विश्वासको मत लिने लुम्बिनीका मुख्यमन्त्री महराको तयारी


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभा बैठक बोलाएका छन् ।

महरालाई गत शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस