२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली नाम राख्न नमान्ने विद्यालय बन्द हुन्छन् ?

अ+ अ-

काठमाडौँ । काठमाडौँमा सञ्चालनमा रहेका अधिकांश संस्थागत विद्यालय वा क्याम्पसका नाम विदेशी राखिएको भन्दै चर्को आलोचना हुने गरेको छ । अब त्यस्ता संस्थागत विद्यालयहरूले नाम फेरेर नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका विद्यालयको नेपाली नाम हुनुपर्ने अनिवार्यता गरेको छ । बुधबार सूचना जारी गर्दै महानगरले अंग्रेजी वा अन्य भाषामा नाम भएका विद्यालयलाई नेपाली नामकरणका लागि एक हप्ताको समयसीमा तोकेको छ । महानगरपालिकाले नेपालीपन झल्कने नाम राख्न ३५ दिनको म्याद दिएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सूचना जारी भएपछि त्यस्ता विद्यालयहरू सम्पर्कमा आउन थालेका छन् । सम्पर्कमा आएका विद्यालयहरूसँग छलफल गरिरहेको उनले जानकारी दिए । ‘उहाँहरूलाई आश्वस्त पार्ने काम गरिरहेका छौँ । समयावधि रहेकाले सबै विद्यालय सम्पर्कमा आउने छन् । र महानगरको निर्देशन कार्यान्वयनमा सहयोग गर्ने छन्,’ उनले भने ।
महानगरपालिकाले यसअघि पनि विद्यालयहरूलाई नाम परिवर्तनका लागि एक वर्षको अवधि दिइएको थियो । सो समयमा केही विद्यालयले नाम परिवर्तन गरेर नेपालीपन झल्किने नाम  राखेका थिए । 

काठमाडौँ महानगरपालिकाभित्र ७७१ निजी विद्यालय छन् । तीमध्ये प्रारम्भिक चरणको तथ्याङ्क अनुसार ३२४ विद्यालय अङ्ग्रेजी नामसहित सञ्चालनमा रहेको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले बताइन् । नेपालीपन झल्किने नाम राख्नका लागि सबै विद्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिइन् ।

महानगरपालिकाले आफ्नो निर्देशन विपरीत नाम फेर्न अस्वीकार गर्ने विद्यालयहरूमाथि कारबाही गरिने चेतावनी दिएको छ । सात दिनभित्र सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने र कानुन बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी महानगरले दिएको छ ।

विद्यार्थी भर्ना नै रोक्ने चेतावनी महानगरले दिएपछि विद्यालयहरू तनावमा परेका छन् । निजी विद्यालयहरूको सङ्गठन प्याब्सनले महानगरको निर्देशनपछि विद्यालयहरूसँग शुक्रबार छलफल पनि गरेको छ । ‘नाम भनेको ब्राण्ड हो । नाम परिवर्तन गर्दा आइपर्ने कठिनाइलाई बुझ्नु पर्छ,’ प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना भन्छन्, ‘विद्यालय वर्षौँदेखि सञ्चालनमा छन् । हजारौँ विद्यार्थीले सर्टिफिकेट लगेका छन् । विश्वविद्यालयमा अध्ययन गरिसकेका छन् । सटिर्फिकेटको नाम परिवर्तन गर्नु पर्‍यो भने यो अब के हुन्छ ?’

देशको राष्ट्रियता, अखण्डता, सार्वभौमता जस्ता विषयमा आँच पुग्ने गरी कुनै विद्यालयको नाम छ भने त्यो छलफल गरेर परिवर्तन गर्न सकिने उनले बताए । ‘अन्यथा अंग्रेजी शब्दको नाम हुँदैमा आत्तिनुपर्ने जस्तो लाग्दैन,’ ढुङ्गानाले भने ।

‘कसेले के भन्छ भन्ने महानगरको सरोकारको विषय होइन,’ महानगरपालिकाका प्रवक्ता मानन्धर भन्छन्, ‘राष्ट्रियताको लागि नेपालीपन झल्कने नाम राख्दा राम्रो हुन्छ भन्ने हो । हाम्रो पहिचान होस् राष्ट्रियता झल्कियोस् भन्न खोजेको हो ।’

सम्बन्धित समाचार: काठमाडौँ महानगरका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने

प्रतिक्रिया दिनुहोस