१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रुप बनाएर एसइईमा चिट चोराउने प्रधानाध्यापकसहित पाँच जना पक्राउ

अ+ अ-

काठमाडौँ । एसइई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

लोटस इङ्ग्लिस मिडिया हाई स्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए वान कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानी, दिलीप बिक र सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्जको जेभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला पारेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उनीहरूले बनाएको फेसबुक ग्रुपमा एसइई परीक्षा दिइरहेका १९ जना विद्यार्थी छन् भने शिक्षक अफ्ताब खानको नाममा रहेको ह्वाटसएप ग्रुपमा थप २७ जना विद्यार्थी रहेका छन् ।

पोखरेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले यी ग्रुपमा चिट बनाएर पठाउने गरेका थिए । विज्ञान विषयको प्रश्नपत्र एक जना शिक्षकले ७ बजेर २७ मिनेटमै फोटो खिचेर चिट बनाउने ग्रुपका सदस्यलाई पठाएको पनि भेटिएको छ ।

परीक्षा समिति बाँकेले एसइईमा खट्ने केन्द्राध्यक्ष बाहेक निरीक्षक बस्ने शिक्षक, विद्यार्थीले मोबाइल लिन प्रतिबन्ध गरेको छ ।

यसरी परीक्षाको मर्यादा विपरीत चिट चोराउने कार्यमा संलग्न देखिएपछि ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष गणेश भण्डारी सहितको टिमलाई परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

अनुगमन टोलीले ५ थान मोबाइल, एउटा ल्यापटप, गाइड र सोलुसन बुक, केही मोबाइल नम्बर उल्लेख भएको कागजातसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस