काठमाडौँ। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ ।
मुख्यमन्त्री शर्माले राजीनामा दिने या प्रदेश सभाबाट विश्वासको मत लिने भन्ने विषयमा निर्णय लिन दलको बैठक बोलाइएको प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न माओवादी तयार भए पनि एमालेले नमानेको माओवादी नेताहरू बताउँछन् । केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली सरकारको नेतृत्व एमालेले लिने गठबन्धन दलहरूबीच सहमति भएको छ ।
तर उक्त सहमति कार्यान्वयनमा गर्न मुख्यमन्त्री शर्मा तयार छैनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन विपरीत विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी छ ।