२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा दिल्ली क्यापिटल्सको पहिलो जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो । विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र रोकिन पुग्यो ।

चेन्नाईका लागि अजिंके रहाणेले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले नटआउट ३७ रन बनाए । त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे ।

दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।  दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । 

अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । 

पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो । मिचेल मार्शले १२ बलमा १८ रन बनाए । चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान एक एक विकेट लिए ।

दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । त्यस्तै चेन्नईले भने यस सिजनका सुरुवातका दुवै खल जितेर शानदार सुरुवात गरेको थियो । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो भने, दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।

आइपीएल अन्तर्गत आज राति पौने ८ बजे मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुने छन् । मुम्बई पहिलो जितको खोजीमा हुने छ भने राजस्थान लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुने छ । 

प्रतिक्रिया दिनुहोस