राष्ट्रपति पौडेल चितवनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेल चितवनमा


१७ चैत्र २०८०, शनिबार


चितवन । राष्ट्रपति रामचन्द्र पौडेल चितवन पुगेका छन्। भरतपुर महानगरपालिका-१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका-५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केही बेरअघि चितवन पुगेका हुन् । 

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रमको ज्येष्ठ नागरिक भवनकोसमेत शिलान्यास गर्ने कार्यक्रम छ ।

विसं २०७१ कात्तिक २० गते शिलान्यास भएको सो पुलको निर्माणमा रु २१ करोड ६८ लाख आठ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस