अर्थ मन्त्रालयद्वारा सहसचिव शर्माको संयोजकत्वमा बजेट लेखन समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थ मन्त्रालयद्वारा सहसचिव शर्माको संयोजकत्वमा बजेट लेखन समिति गठन


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनको लागि बजेट लेखन समिति बनाएको छ।

बजेट लेखनको लागि सहसचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा लेखन समिति बनाएको हो।

समिति सदस्यहरूमा बजेट महाशाखा प्रमुख रितेश शाक्य, वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुख ईश्वरी अर्याल, अर्थनीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, सहसचिव रामप्रसाद आचार्य र आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक पार्वती शर्मा छन्।

समितिको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट लेखनको कार्य गर्नेछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस