अर्थतन्त्र संकटमा छैन : प्रधानमन्त्री दाहाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थतन्त्र संकटमा छैन : प्रधानमन्त्री दाहाल


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् ।

शुक्रबारदेखि हेटौँडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् ।

‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्ण रूपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौँ,’ उनले भने । प्रधानमन्त्री दाहालले स्रोत सुनिश्चितता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस