कमल थापाले भने-राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्दिनँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कमल थापाले भने-राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्दिनँ


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् ।

राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै थापाले आफू एकतामा नजाने बताएका हुन् ।

शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ छ ।

राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मङ्सिर २०७३ मा पार्टी एकता भएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए ।

एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्युँताएका थिए ।

‘राप्रपासँग एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ,’ थापाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस