कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्किचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् ।

गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर-२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले बताए । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिए । 

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो । 

पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस