दिल्लीमा डा. आरजुको थाइराइडको शल्यक्रिया « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दिल्लीमा डा. आरजुको थाइराइडको शल्यक्रिया


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत जनाएका छन् ।

आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् ।

 शल्यक्रियापछि उनको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस