काठमाडौँ उडेको श्री एयरको जहाज भैरहवामा आपतकालिन अवतरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उडेको श्री एयरको जहाज भैरहवामा आपतकालिन अवतरण


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपत्कालीन अवतरण गरिएको छ ।

बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो ।

२ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दा पनि काठमाडौँमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपत्कालीन अवतरण गरिएको श्री एयरका धनगढी इन्चार्ज गजेन्द्र शाहीले जानकारी दिएका छन् । जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि ९ः ३४ भैरहवामा आपत्कालीन अवतरण गरिएको शाहीले बताए ।

काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए ।

अढाई घण्टासम्म जहाज सम्पर्कविहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरू अतालिएका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौँको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो ।

यात्रुहरूका अनुसार विमानस्थलमा अवतरण गर्न जहाजका पाङ्ग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट विमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस