एमाले झापाको ११औं अधिवेशन आजदेखि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले झापाको ११औं अधिवेशन आजदेखि


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन् ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए । पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा पुगेका छन् ।

पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुनेछन् ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएका छन । तर, सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस