एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, भोली बढुवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, भोली बढुवा 


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ । 

पहिलो नम्बरमा सिफारिस डा. लम्साल सुदूर पश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिव रहेका छन् भने शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिव र पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले अवकाशको केही दिन अघि राजीनामा दिएसँगै रिक्त हुन पुगेको सचिव पदका लागि लम्साल, शर्मा र पौडेलको नाम सिफारिस गरिएको हो । 

नियमित र स्वभाविक प्रक्रियाबाट नै बढुवा गरेको अवस्थामा पहिलो नम्बरमा सिफारिस सुदूर पश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिव डा. लम्साललाई सचिव हुनेछन् । 

भोली ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस