म्यानपावरबाट इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन रोक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म्यानपावरबाट इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन रोक


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरूबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरूबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरू पठाउँदै आइएको थियो । 

विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको समेत प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस