इलाम-२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको दावेदारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको दावेदारी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । इलाम-२ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाको दावेदारी परेको छ । पार्टीले आन्तरिकरुपमा गर्ने प्राइमरी इलेक्सनका लागि ६ जना खडा भएका हुन् ।

उम्मेदवारी दिनेहरूमा एक महिला र ५ पुरुष छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले निकालेको सूचनाअनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवारी दिएका हुन् ।

प्रारम्भिक उम्मेदवारीउपरको दाबी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको छ । पार्टी स्रोतका अनुसार हालै माओवादी त्याग गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस