काम चित्त बुझ्दो नदेखिए एक्सनमा जाने मन्त्री उप्रेतीको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काम चित्त बुझ्दो नदेखिए एक्सनमा जाने मन्त्री उप्रेतीको चेतावनी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काममा चित्त बुझ्दो नपाइए एक्सनमा जाने बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली सेनाले काम गरिरहेका केही आयोजनाको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपाय दिएको बताएका हुन् ।

नेपाली सेनालाई स्थानीय तहको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको उनले सुनाए ।

विकास निर्माणमा अब अवरोध हुने-गर्ने छुट आफूहरूलाई नरहेको भन्दै मन्त्री उप्रेतीले फास्ट ट्र्याकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेकाले आफू त्यो तयारीमा लागेको बताएका छन् ।

देश बनाउने संकल्प सबैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने उनको जिकिर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस