गृहमन्त्रीलाई टिकटक प्रतिबन्ध अन्त्य गर्न आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृहमन्त्रीलाई टिकटक प्रतिबन्ध अन्त्य गर्न आग्रह


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री रवि लामिछानेलाई टिकटकको प्रतिबन्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर)मा यस्तो आग्रह गर्दै थापाले लेखेका छन्, ‘गृहमन्त्रीले सामाजिक सञ्जालको महत्त्व राम्ररी बुझ्नुभएको छ । सञ्चार माध्यमलाई निषेध होइन, नियमन गर्नुपर्छ । अश्लील, स्वच्छन्द र सामाजिक मर्यादामा आघात पुग्ने सामग्री नियन्त्रण गर्नुपर्छ, गर्न सकिन्छ ।’

‘टिकटक’माथिको प्रतिबन्ध हटाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्दछु’, उनले लेखका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस