मन्त्री छोड्ने तर कसैलाई पनि बिना कारण नछोड्ने गृह मन्त्री लामिछानेको दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री छोड्ने तर कसैलाई पनि बिना कारण नछोड्ने गृह मन्त्री लामिछानेको दाबी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले पद छोड्ने तर कसैलाई पनि बिनाकारण नछाड्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा उनले जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

लामिछानेले भने, ‘समाएर छोड्ने भन्ने होइन । कसैलाई हाजिरी जमानीमा मात्रै छोडिएको हो । छोड्नुपर्ने कुनै कारण छैन । बिना कारण छोड्नुपर्ने भए म आफै छोड्न तयार छु । तर, त्यसरी बिना कारण कोही कसैलाई छोड्न सकिँदैन । सुन तस्करीको प्रतिवेदन प्राप्त गर्ने बित्तिकै मैले अध्ययन गरे । त्यसपछि प्रधानमन्त्रीलाई भेटेर छलफल गरेर मन्त्रिपरिषद् निर्णय पनि भइसकेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस