सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण नभेटिएको आइजिपी कुँवर दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण नभेटिएको आइजिपी कुँवर दाबी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले सहकारी अनियमितमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टिभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा आइजिपी कुँवरले भने, ‘मैले ठाडो उजुरीको रूपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’

उनले भने, ‘अहिले सांकेतिक रूपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस