पुँजीगत खर्च बढाउने वडा सचिव र इन्जिनियरलाई प्रशंसा पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पुँजीगत खर्च बढाउने वडा सचिव र इन्जिनियरलाई प्रशंसा पत्र


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुँजीगत खर्चमा पहिलो र दोस्रो हुने वडा सचिव र इन्जिनियरलाई प्रशंसा पत्र प्रदान गरेको छ । सबैतिर पुँजीगत खर्च न्यून भइरहेको भनिरहँदा महानगरपालिकाको वडा नं. ९ र १९ ले वडाहरूको अर्ध वार्षिक प्रगतिको मूल्याङ्कन पहिलो र दोस्रो भएका हुन् ।

रकम र प्रतिशतका आधारमा मूल्याङ्कन गरिएको थियो । जसअनुसार १९ नम्बर वडाले ४७.५ र ९ नम्बर वडाले ४४ प्रतिशत पुँजीगत खर्च गरेका छन् । एक कार्यक्रमका बिच

उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार र समितिका संयोजक हिरालाल तण्डुकारले पहिलो र दोस्रो हुनेलाई प्रशंसा पत्र दिएका थिए ।

वडाहरूले गर्दै आएको कामलाई प्रोत्साहित गर्दै थप उत्प्रेरित गर्न प्रशंशापत्र वितरण गरिएको आगामी दिनमा पनि उत्कृष्ट काम गर्नेलाई हौसला प्रदान गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत परियारले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस