जीवी राई मलेसियामा छन् भन्नुहुन्थ्यो, किन पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई प्रश्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जीवी राई मलेसियामा छन् भन्नुहुन्थ्यो, किन पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई प्रश्न


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सरकार ठगी प्रकरणमा फरार रहेका जीवी राई कहाँ छन् ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै जीवी राईको विषयमा गृहमन्त्रीको जवाफ मागेका हुन्।

उनले भने, ‘गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भनेर राख्ने यो पनि कुनै एजेण्डा हो ? यसमा मेरो गम्भीर आपत्ति छ मन्त्रालयको पनि कुनै ठोस विषयवस्तु तोकेको बैठक बोलाउनुपर्छ । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर समितिले छलफल गर्नु राम्रो होइन । अघिल्लो बैठकमा जीवी राई के कहाँ छ भनेर प्रश्न गरेको थियो । त्यसको जवाफ पनि हामीले खोजका छौँ । उनी नेपालमा छैन र मलेसियामा छन् भनेर गृहमन्त्रीले भन्नुभएको थियो । इन्टरपोलमार्फत पत्राचार गरेको भन्नुभएको थियो । आइजिपी र गृहमन्त्री र गृह सचिव पनि बैठकमा हुनुहुन्छ त्यसो जवाफ चाहियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस