राजेन्द्र लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजेन्द्र लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डेयन आर थमसनबीच भेटवार्ता भएको छ।

अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत थमसन राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए। अध्यक्ष लिङ्देन र राजदूत थमसनबीच आज (बुधबार) बिहान शिष्टाचार भेटवार्ता भएको राप्रपाका एक नेताले जानकारी दिए।

भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस