विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि बढाइयो एक साताको समय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि बढाइयो एक साताको समय


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । विद्यालय नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको अन्तिम समयसम्म पनि आवश्यक सङ्ख्यामा आवेदन नपरेपछि वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले दर्खास्तका लागि एक साता समय बढाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले गत फागुन २४ गते ४ सय ५७ जना नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । सोमबार अबेरसम्म करिब ४ सय जनाको मात्र दर्खास्त परेपछि एक साताको समयावधि बढाइएको हो ।

स्वास्थ्य निर्देशनालयले चैत १४ गतेसम्म दर्खास्त दिन पाउने गरी फागुन २४ गते करारमा विद्यालय नर्स भर्नाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सङ्ख्यामा आवेदन नपरेपछि चैत २० गतेसम्म दर्खास्त दिन पाइने गरी समय बढाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

रिक्त रहेका विद्यालय र कार्यक्रमका लागि छनौट भएका नयाँ विद्यालयमा नियुक्तिका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले ४ सय ५७ विद्यालय नर्सको विज्ञापन खुला गरेको हो । विद्यालयमा नर्सिङ सेवा प्रभावकारी देखिएकाले मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस